Loktantra Khabar National Weekly
Ad

जर्मनीको लगातार दोस्रो हार, अष्ट्रियासँग २-० ले पराजित

लोकतन्त्र खबर
६ मंसिर २०८०

काठमाडौं  मंसिर ६, अर्को वर्ष युरो कप आयोजना गर्ने तयारीमा रहेको जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोरेको छ ।

भियानास्थित एर्न्स्ट हापेल स्टेडियममा भएको खेलमा जर्मनी घरेलु टोली अष्ट्रियासँग २-० ले पराजित भयो ।

अष्ट्रियाले दुवै हाफमा एक/एक गोल गरेको थियो । जर्मनीका लरेय साने रातो कार्ड खाँदै मैदान बाहिरिए ।

खेलको २९औं मिनेटमा मार्सेल सबितजरले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए ।

४९औं मिनेटमा साने रातो कार्ड खाँदै मैदान बाहिरिएपछि जर्मनी दश खेलाडीमा समेटियो । अष्ट्रियाका लागि क्रिस्टोफ बाउमगार्टनरले ७३औं मिनेटमा दोस्रो गोल गरे ।

सेप्टेम्बरमा मुख्य प्रशिक्षक बनेका जुलियन नागेल्सम्यानको लागि यो लगातार दोस्रो हार हो । यसअघि शनिबार जर्मनी टर्कीसँग ३-२ ले पराजित भएको थियो ।

नागेल्सम्यानले आफ्नो टिमले राम्रो प्रदर्शन गर्न नसकेको र अझै धेरै सुधार गर्नुपर्ने बताएका छन् ।

यस्तै जर्मनीका कप्तान इल्के गुन्डागोले हारपछि निराश भएको बताए । उनले अष्ट्रेलियाले जर्मनीले गोलको अवसर बनाउन दिएको र डिफेन्डिङ गर्दा फ्रन्टबाटै सुरु गर्नुपर्ने बताए ।

जर्मनीले आगामी वर्ष जुनमा युरोकप आयोजना गर्दैछ र लगातार हारले दबाब थपिएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: