Loktantra Khabar National Weekly
Ad

माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा श्रीमान् श्रीमतीको मृत्यु

लोकतन्त्र खबर
५ मंसिर २०८०

काठमाडौं मङ्सिर ५,  माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् ।

सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५: २३ मा चिकित्सकले मृत घोषणा गरेका थिए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: