Loktantra Khabar National Weekly
Ad

जुवा खेलेको आरोपमा धुम्बाराहीबाट ७ जना पक्राउ

लोकतन्त्र खबर
२२ कार्तिक २०८०

काठमाडौंको धुम्बाराहीबाट जुवा खेलेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान साढे २ बजे काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोटस्थित टहरामा जुवा खेलिरहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो।

जुवा खेलिरहेको भन्ने खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट डिएसपी अमरबहादुर थापा क्षेत्रीको नेतृत्वमा १० जनाको टोली खटिएको थियो।

उक्त टोलीले ७ जनालाई पक्राउ गरेको हो। घटनास्थलबाट प्रहरीले दुई लाख ९२ हजार, २० हजार रुपैयाँको चेक एउटा र ११ बुक तास बरामद गरेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: