Loktantra Khabar National Weekly
Ad

रुबिना र सीताले वुमन्स् अल स्टार्स टी–२० सिरिज खेल्ने

लोकतन्त्र खबर
२१ कार्तिक २०८०

काठमाडौं  कात्तिक २१, हङकङमा आयोजना हुने वुमन्स् अल स्टार्स टी–२० सिरिजमा नेपालका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता राना मगरले भाग लिने भएका छन् ।

यी दुई खेलाडीले यसअघि फेयरब्रेकमा समेत नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । दुई टोलीबीच हुने वुमन्स् अल स्टार्स टी–२० सिरिज नोभेम्बर १० देखि सुरु हुनेछ ।

त्यसपछि नोभेम्बर १५ देखि २९ सम्म हङकङमै चार देश सम्मिलित हङकङ वुमेन्स टी–२० आई सिरिज हुने छ । जहाँ नेपालको राष्ट्रिय महिला टिमले भाग लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: