Loktantra Khabar National Weekly
Ad

चेल्सीले ९ खेलाडीमा सीमित टोटनहमलाई हरायो, ज्याक्सनको ह्याट्रिक

लोकतन्त्र खबर
२१ कार्तिक २०८०

काठमाडौं  कात्तिक २१, प्रिमियर लिगमो नाटकीय खेलमा सोमबार राति चेल्सीले टोटनहमलाई ४-१ ले पराजित गरेको छ । टोटनहमका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा चेल्सीका निकोलस ज्याक्सनले ह्याट्रिक गरेका थिए ।

यो हारपछि लिगमा टोटनहमको अपराजित यात्रा समाप्त भएको छ र शीर्ष स्थानमा उक्लने मौका पनि गुमाएको छ ।

प्रिमियर लिगको इतिहासमै सबैभन्दा नाटकीय बनेको खेलमध्येमा रहेको यस खेलमा ५ गोल भयो भने पाँच गोललाई नै मान्यता दिइएन । दुई रातो कार्ड देखाइयो भने १४ पटक भिएआर चेक भएको थियो ।

टोटनहमको घरेलु मैदानमा भएको खेलको छैटौं मिने६मै डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए ।

त्यसपछि चेल्सीका लागि २१औं मिनेटमा रहिम स्टर्लिङ र २८औं मिनेटमा काइसेडोको गोललाई भिएआरले मान्यता दिएन ।

३३औं मिनेटमा टोटनहमका क्रिस्टियन रोमेरोले रातो कार्ड पाए र टोटनहम १० खेलाडीमा समेटियो । त्यसैमा प्राप्त पेनाल्टीमा चेल्सीका कोल पाल्समरले गोल गर्दै खेल बराबरी गरे ।

५५औं मिनेटमा डेस्टिनी उडोगोएले पनि रातो कार्ड पाएपछि टोटनहम ९ खेलाडीमा समेटियो । त्यसको फाइदा उठाउँदै चेल्सीले तीन गोल गोल गर्‍यो र त्यसमा ज्यासनले ह्याट्रकि गरे । उनले ७५औं मिनेटमा पहिलो गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए । त्यसपछि ज्याक्सनले इन्जुरी टाइममा दुई गोल गर्दै ह्याट्रिक पूरा गरे ।

जितपछि चेल्सी ११ खेलबाट १५ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ । समान खेलबाट २६ अकसहित टोटनहम दोस्रो स्थानमै छ र लिग लिडर म्यानचेष्टर सिटी भन्दा एक अंकले पछि छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: