Loktantra Khabar National Weekly
Ad

दक्षिण भारतीय अभिनेत्री अमला पलले गरिन् बिहे

लोकतन्त्र खबर
२० कार्तिक २०८०

दक्षिण भारतीय अभिनेत्री अमला पलले विवाह गरेकी छन्।

आइतबार उनले जगत देसाइसँग विवाह गरेकी हुन्। अमला र जगत लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहपछि उनीहरू दुवैले इन्स्टाग्राममार्फत केही तस्बिर सार्वजनिक गरेका छन्।

‘एकसाथ मायाको उत्सव मनाउँदै! हामीले तपाईहरूको माया र आशीर्वादको अपेक्षा गरेका छौं,’ अभिनेत्री अमलाले लेखेकी छन्।

अमलाले सन् २०१४ मा दक्षिण भारतीय निर्देशक एएल विजयसँग विवाह गरेकी थिइन्। उनीहरूले सन् २०१७ मा सम्बन्ध विच्छेद गरेका थिए।

अमलाले मलयालम फिल्म ‘निलथमरा’ बाट डेब्यू गरेकी थिइन्। उनले मलयालम, तमिल र तेलुगू गरी ४० भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्। साथै उनले बलिउड फिल्म ‘भोला’ मा समेत अभिनय गरिसकेकी छन्। सेतोपाटी

 

प्रतिक्रिया दिनुहोस्: