Loktantra Khabar National Weekly
Ad

स्टर्लिङ आयरल्याण्डको कप्तान नियुक्त

लोकतन्त्र खबर
१५ कार्तिक २०८०

काठमाडौं  कात्तिक १५, पउल स्टर्लिङ आयरल्याण्ड क्रिकेट टिमको कप्तान नियुक्त भएका छन् । उनी ह्वाइट बल क्रिकेट टिमको कप्तान चयन भएका हुन् ।

एन्डी बेलब्रिनले समरमा राजीनामा दिएपछि स्टर्लिङ अन्तरिम कप्तान बनेका थिए ।

अब भने स्टर्लिङ औपचारिक रुपमै ओडीआई र टी-२० टिमको कप्तान बनेका छने । बेलब्रिनले टेष्ट टिमको कप्तानमा यथावत छन् ।

३३ वर्षीय स्टर्लिङले यसअघि २२ पटक आयरल्याण्डको नेतृत्व गरिसकेका छन् ।

उनकै कप्तानीमा आयरल्याण्ड छनोट चरण पार गर्दै अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट भइसकेको छ ।

अब २०२७ मा हुने ओडीआई विश्वकपको लागि नयाँ साइकल सुरु हुनुअघि स्टर्लिङ कप्तान बनेका छन् ।

आयरल्याण्डको टिमका लागि खेल्न पाउनु गर्वको कुरा हो र त्यसमा पनि ह्वाइट बलको प्रमानेट कप्तान बज्जु आफ्नो लागि सम्मान भएको स्टर्लिङले बताएका छन् ।

उनले आयरल्याण्डका लागि सबैखाले खेलमा गरी ३७६ खेल खेलेका छन् र सर्वाधिक खेल खेल्ने केभिन ओ’ब्रायनको कीर्तिमान भन्दा १३ खेलले मा पछि छन् ।

स्टर्लिङले आयरल्याण्डका लागि ५ टेष्ट खेल्दै २५३ रन बनाएका छन् । यस्तै १५६ ओडिआईमा १४ शतक र २८ अर्धशतकसहित ५ हजार ६२३ रन बनाएका छन् । १३१ टी-२० आईमा एक शतक र २३ अर्धशतकसहित ३ हजार ४०८ रन बनाएका छन् ।

स्टर्लिङले तीनवटै फर्म्याटमा शतक प्रहार गरेका छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: