Loktantra Khabar National Weekly
Ad

नेपालविरुद्ध मलेसियाको आक्रामक ब्याटिङ

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

काठमाडौं कात्तिक १४ , नेपालविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसियाले आक्रमक ब्याटिङ गरिरहेको छ ।

११ ओभरको खेल सकिदा मलेसियाले तीन विकेटको क्षतिमा ९० रन जोडेको छ । मलेसियाका लागि ओपनर सायद ऐजले एक छक्का र पाँच चौकासहित ४२ रन जोडेको छ ।

नेपालका अबिनाश बोहोराले ओपनिङ पाटनरसीप ५.५ ओभरमा तोड्दा मलेसियाले ५८ रन जोडिसकेको थियो । ओपनर जुबैदी जुकइफ्लीलाई बोहोराले कुशल मल्लबाट क्याच आउट गराएका थिए ।

जुबैदीले १६ बलमा तीन चौकासहित २६ रन जोडे । दोस्रो विकेटका रुपमा सातौं ओभरको अन्तिम बलमा कप्तान अहमद फैज रन आउट भए । फैजले ४ बलमा तीन रन जोडेर आउट भए । सन्दीप लामिछानेको बलमा करण केसी र आसिफ शेखले उनलाई रन आउट गराएका थिए । ११ ओभरको पहिलो बलमा लामिछानेले भिरानदीप सिंहलाई एलबीडल्बु गराए । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: