Loktantra Khabar National Weekly
Ad

मलेसियाविरुद्ध सन्दीपले लिए तेस्रो विकेट

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

काठमाडौं  कात्तिक १४, टी–२० विश्वकप छनोट खेलमा मलेसियाविरुद्ध पहिले बलिङ गरेको नेपालले १० औं ओभरसम्म ३ विकेट लिएको छ । नेपालको तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

उनले १०.१ औ ओभरमा मलेसियाका विरनदीप सिंहलाई आउट गरे ।

यसअघि पाँचौं ओभरमा नेपालका अविनाश बोहराले पहिलो विकेट लिएका थिए । पहिलो विकेटका रुपमा ओपनर जुबैदी जुलकिफ आउट भएका थिए ।

त्यस्तै सन्दीप लामिछानेको बलमा मलेसियाका सैयद अजिज रन आउट भएका थिए । ११ ओभर समाप्त हुँदा मलेसियाले ३ विकेट गुमार ९० रन जोडेको छ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: