Loktantra Khabar National Weekly
Ad

नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्ने

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

काठमाडौं  कात्तिक १४, आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो । पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ । मलेसिया भने पहिलो खेलमा ओमानसँग पराजित भएको थियो।

सिंगापुरविरुद्ध खेलेको नेपाली टिममा कुनै परिवर्तन भएको छैन ।

मलेसियाको टिममा भने दुई परिवर्तन गरिएको छ । खिजर हायत र रिजवान हैदरको स्थानमा आज फित्री साम र अइनुल हाफिज यातिम पहिलो रोजाइमा खेल्दैछन् । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: