Loktantra Khabar National Weekly
Ad

गुल्मीमा जंगली च्याउ खाएर ३ जना बिरामी

लोकतन्त्र खबर
१४ कार्तिक २०८०

गुल्मी  कात्तिक १४, गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीया सरिता कुमाल, ११ वर्षका विमल कुमाल र ८ वर्षीया सुस्मा कुमाल बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए ।

जंगली विषालु च्याउ खाएर बिरामी परेका तीन जनालाई थप उपचारको लागि पाल्पास्थित मिसन अस्पतालमा उपचारको लागि लगिएको छ ।

उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: