Loktantra Khabar National Weekly
Ad

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

लोकतन्त्र खबर
१३ कार्तिक २०८०

काठमाडौं । टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाए । आर्यविर चौधरीले ३७ र मनप्रित सिंहले २४ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: