Loktantra Khabar National Weekly
Ad

लागूऔषध सेवनपछि मोबाइलको विषयमा विवाद हुँदा साथीको हत्या

लोकतन्त्र खबर
१२ कार्तिक २०८०

जनकपुरधाम कात्तिक १२ , जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवन र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने २४ वर्षीय रुपेश महराको साथीबाटै हत्या भएको खुलेको प्रहरीको दाबी छ ।

प्रहरीले हत्या अभियोगमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डललाई पक्राउ गरि सार्वजनिक पनि गरेको छ ।

दुबैजनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान गरिरहेको एसपी खड्काले बताए ।

गत बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा रुपेशको शव फेला परेको थियो ।

तीनैजनाले सँगै बसेर लागूऔषध सेवन गरेको र त्यसपछि मोबाइलको विषयमा भएको समान्य विवादको कारण बाँसको भाटा प्रहार गरि रुपेशको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।

बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रहरीका अनुसार उनीहरुले बुधबार टेम्पोमा जटही हुँदै भारतको पारी बजारमा गई लागु औषध नाइट्राभेट ट्याब्लेट किनेर सेवन गरेका थिए । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: