
काठमाडौं कात्तिक ४, त्रिकोणात्मक टी-२० श्रृंखलामा यूएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।
आइतबार मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको १५० रनको लक्ष्य यूएईले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान मोहम्मद वासिमले सर्वाधिक ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनाएको थियो ।
उसको सुरुआत भने खराब थियो । पावर प्लेमा २५ रन जोड्दा तीन विकेट गुमाएको हङकङको पारी बाबर हायात र एजाज खानले सम्हालेका थिए । दुवैले चौथो विकेटका लागि ११४ रनको साझेदारी गरे । बाबरल ६६ रन बनाउँदा एजाजले ४८ रन जोडे ।
यूएईका निलांश केसवानीले २ विकेट लिए । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: