Loktantra Khabar National Weekly
Ad

सर्लाहीको सदरमुकाम मलंगवामा देवी दुर्गाको १०८ ध्वजा यात्रा निकालियो

लोकतन्त्र खबर
५ कार्तिक २०८०

लोकतन्त्र समाचारदाता
सर्लाही,कात्तिक ५

विजया दशमीको सातौ दिन अर्थात फुलपातीको अवसरमा सर्लाहीको सदरमुकाम मलंगवामा बाजा गाजासहित देवी दुर्गाको १०८ ध्वजा यात्रा निकालिएको छ। प्रत्येक वर्ष फुलपातीका दिन निकालिंदै आएको ध्वजा यात्रा यसवर्ष पनि दुर्गा भगवती मन्दित मलंगवाको आयोजनामा निकालिएको हो।

स्थानीय समाजसेवी जयप्रकाश अग्रवालको संयोजकत्वमा दुर्गा पुजा मुल समारोह समिति गठन गरि मलंगवा नगरपालिका वडा न-८,भगवती मन्दिर स्थित मोहरसिंह घर्मशालाको प्रांगणबाट निकालिएको १०८ ध्वजा यात्रामा विभिन्न क्षेत्रमा आबद्ध नगरका गन्यमान्य व्यक्तिहरुको सहभागीता रहेको थियो।

उक्त यात्रामा मधेस प्रदेश सांसद द्वय जंगिलाल राय,कौशल किशोर राय,मधेस प्रदेश दलित आयोगका अध्यक्ष राम प्रवेश बैठा, पुर्व संघीय सांसद प्रमोद साह,पुर्व मधेस प्रदेश सभा सदस्य अशोक यादव, जिल्ला समन्वय समितिका उपसभापति जितेन्द्र कुशवाहा,जिल्ला समन्वय समितिका पुर्व सभापति मेथुर चौधरी मलंगवा नगरपालिका पुर्व मेयर निरसल साह, विभिन्न वडाका वडाअध्यक्षहरु,नागरिक समाज,बुद्धिजीवी, स्थानीय समाजसेवी ,पत्रकार , दुर्गा पुजा समितिका सदस्यहरु नवनित अग्रवाल,विकास गोयल,संजय गुप्ता ,मुकेश जयसवाल,गौतम सर्राफ ,सत्यनारायण अग्रवाल ,सज्जन अग्रवाल ,लगायत सयौं स्थानीय महिला श्रद्धालुहरुको सहभागीता रहेको थियो।

भगवती मन्दिरको प्रांगणबाट बिहान १० बजे निकालिएको ध्वजा यात्रा नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन: सोही ठाउँमा आएर सम्पन्न गरिएको थियो।

आयोजक समितिले विजया दशमीको पहिलो दिन अर्थात घटस्थापनाको दिन हजारौं कुमारी कन्याहरुको कलश यात्रा र छैठौं दिन बेलन्यौतन यात्रा पनि निकालेका थिए।

घटास्थापनादेखि सुरु भएको दुर्गा पुजा १० दिनसम्म चल्ने छ । सर्लाही जिल्ला भरीका पुजा स्थलमा सम्बन्धित ठाउँका दुर्गा पुजा समितिहरुले देवी दुर्गा लगायत बिभिन्न देवी देउताहरुको प्रतिमा बनाएर मेलाको आयोजना गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: