
काठमाडौं कात्तिक ३, नेपाली महिला टेनिस टोलीले बिली जिन किङ कपअन्तर्गत एसिया-ओसिएना ग्रुप ३ को प्रतियोगितामा बिहीबार लगातार दोश्रो जित हात पारेको छ ।
दोस्रो खेलमा नेपालले टिम इभेन्टमा ब्रुनाइलाई ३–० ले पराजित गर्यो ।
यसअघि पहिलो दिन नेपालले ताजाकिस्तानलाई पनि ३–० ले नै हराएको थियो ।
पहिलो सिंगल्समा नेपालकी सुनिरा थापाले मिङ रुइ चोङलाई ६–० र ६–१ तथा दोश्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले जिया हुइ तानलाई ६–० र ६–० कै सोझो सेटमा पाखा लगाए ।
डबल्समा नेपालका अभिलाषा र माहिका राणाको जोडीले मिङ र एड्रियना सिमको जोडीलाई सीधा सेटमा ६–० र ६–० ले पन्छाए ।
समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार कतारसँग खेल्ने छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: