काठमाडौं कात्तिक ३, काठमाडौंको नागढुंगामा कार दुर्घटना भएको छ । बा १५ च ९०६४ नम्बरको कार नागढुंगा चेकपोष्टभन्दा थोरै तल दुर्घटना भएको हो ।
बिहीबार सडकबाट तल भिरमा खसेको कारलाई क्रेनको सहायताले शुक्रबार बिहान बाहिर निकालिएको छ ।
कार निकाल्ने क्रममा नागढुंगा सडकखण्डमा केहीबेर सवारी साधनको जाम भएको थियो ।
दुर्घटनामा कोही पनि हताहती नभएको र सबै सामान्य रहेको प्रहरीको भनाइ छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्:

