Loktantra Khabar National Weekly
Ad

नेपालले टस जितेर फिल्डिङ रोज्यो, मौसमको डेब्यू

लोकतन्त्र खबर
१ कार्तिक २०८०

काठमाडौं । त्रिकोणात्मक श्रृखला अन्तरगत नेपाल र यूएईबीच अहिले केहीबेरमा टि-२० क्रिकेट खेल सुरु हुँदैछ । मुलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

आज नेपालीका श्याम (मौसम) ढकालले डेब्यू गर्ने भएका छन् । सन्दीप लामिछानेले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि उनले अवसर पाएका हुन् ।

उनले विगत ८ महिनायता नेपालको राष्ट्रिय टिमसँग प्रशिक्षण गरिरहे पनि डेब्युको मौका पाएका थिएनन् ।

पछिल्लो संस्करणको प्रधानमन्त्री कप क्रिकेटमा इमर्जिङ प्लेअर भएका मौसमले त्यसपछि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा मौका पाएका थिए ।

नेपालको प्लेइङ ११ मा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, अभिनाश बोहोरा र श्याम ढकाल (मौसम) छन् । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: