Loktantra Khabar National Weekly
Ad

गाजामा केही घन्टाको युद्ध विराम हुने

लोकतन्त्र खबर
२९ आश्विन २०८०

काठमाडौं असोज २९  , अमेरिका, इजरायल र इजिप्ट दक्षिणी गाजामा केही घन्टाका लागि युद्ध विराम गर्न तयार भएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार युद्ध विरामको समयमा इजिप्टसँगको नाका खुल्ला गरिने छ ।

तर हमसाले भने युद्ध विरामका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताएको रोयटर्सले नै जनाएको छ ।

सीमा नाका खुल्ला गर्नका लागि अन्तर्राष्ट्रिय सहायता एजेन्सीले इजिप्टमाथि दबाव दिँदै आएका थिए ।

अमेरिकाले शनिबार मात्रै गाजामा रहेका आफ्ना नगरिकलाई सीमा नाका खुल्न लागेको भन्दै तयार रहन र सीमा नजिक जान निर्देशन दिएको थियो ।

नाका खुल्ला भएमा गाजामा रहेका अन्य देशको नागरिकता भएका व्यक्तिहरु निस्कन पाउने छन् ।

यस्तै गाजामा राहत सामग्री र राहतकर्मी प्रवेश गर्न पाउने छन् ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: