Loktantra Khabar National Weekly
Ad

नयाँ नोट पाउँदा दंग

लोकतन्त्र खबर
२९ आश्विन २०८०

काठमाडौं  असोज २९, दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखाहरुमा नयाँ नोट साट्न पाउने सुविधा छ ।

बालुवाटारस्थित राष्ट्र बैंक कार्यालय परिसरमा नयाँ नोट पाएकाहरु खुसी देखिन्छन् । उनीहरु आज बिहानै नयाँ नोट साट्न लाइन बसेका थिए ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । अघिल्लो वर्षजस्तै यस वर्ष पनि हरेक व्यक्तिलाई १८ हजार ५ सय रुपैयाँसम्मको नोट साट्न पाउने सुविधा छ । सेवाग्राहीलाई ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
दशैं र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबरको नयाँ नोट राष्ट्र बैंकले वितरण गर्दछ । अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: