Loktantra Khabar National Weekly
Ad

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

लोकतन्त्र खबर
२४ आश्विन २०८०

चितवन असोज २४, चितवन राष्ट्रिय निकुञ्जमा २५ वर्षको पोथी गैंडा मृत फेला परेको छ ।

निकुञ्जको पश्चिम क्षेत्रको खोरिया मुहान नजिकै गैंडा मृत अवस्थामा फेला परेको हो ।

गैंडालाई भालेले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ। गैंडाको पोस्टमार्टम गरेर गाडिएको छ । खाग र खुर भने सुरक्षित छन् ।

असोज २१ गते साँझ निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दलको संयुक्त गस्तीको क्रममा मरेको गैंडा फेला परेका थिए ।

चालु आर्थिक वर्षमै ५ गैंडा मरिसकेका छन् । जसमध्ये एउटा गैंडा चोरी शिकारीले मारेको आशंका छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: