Loktantra Khabar National Weekly
Ad

इजरायलमा सम्पर्कबिहीन भएका नेपाली विद्यार्थीको खोजी कार्य जारी

लोकतन्त्र खबर
२४ आश्विन २०८०

काठमाडौं असोज २४ , इजरायलस्थित नेपाली दूताबासले हमास समूहको आक्रमणमा परेर सम्पर्कबिहीन भएका कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजी कार्य जारी राखेको जनाएको छ ।

दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका उनीसँगै बस्दै आएका एक विद्यार्थीलाई साथमा लगेर विभिन्न अस्पतालहरुमा खोजी गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दूताबासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए । उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ ।अनलाइन खबर

 

प्रतिक्रिया दिनुहोस्: