Loktantra Khabar National Weekly
Ad

सुनको मूल्य तोलामै १००० ले बढ्यो

लोकतन्त्र खबर
२२ आश्विन २०८०

काठमाडौं असोज २२  , सोमबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँबाट बढेर एक लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको खरिदबिक्री मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ तोकिएको छ । आइतबार  एक लाख ७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य १३३० रुपैयाँबाट बढेर १३४५ रुपैयाँ कायम भएको छ । अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: