Loktantra Khabar National Weekly
Ad

भारत एसियाड क्रिकेटको फाइनलमा

लोकतन्त्र खबर
१९ आश्विन २०८०

काठमाडौं । बंगलादेशमाथि ९ विकेटको सहज जित हात पार्दै भारत एसियाली खेलकुद (एसियाड) अन्तरगत पुरुष फाइनलमा पुगेको छ ।

हान्झाउमा बंगलादेशले दिएको ९७ रनको लक्ष्य भारतले ९.२ ओभरमा मात्र १ विकेट गुमाएर भेट्टायो । उसका लागि तिलक बर्माले अविजित ५५ र कप्तान ऋतुराज गायकवाडले ४४ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । उसका लागि जाकिर अलीले सर्वाधिक २४ र परवेज हुसेन इमोनले २३ रन बनाए ।

बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा भारतका शाई किशोरले ३ विकेट लिए भने वाशिङटान सुन्दरले २ विकेट हात पारे ।

अब भारतले स्वर्ण पदकका लागि पाकिस्तान र अफगानिस्तानबीच भइरहेको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।  अनलाइन खबर

प्रतिक्रिया दिनुहोस्: