Loktantra Khabar National Weekly
Ad

नेपाली क्रिकेट टोली स्वदेश फर्कियो

लोकतन्त्र खबर
१८ आश्विन २०८०

काठमाडौं  असोज १८ , १९औं एसियाली खेलकुदका लागि चाइना गएको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ ।

चाइनामा रहँदा नेपाली टोलीले समूह चरणमा सतप्रतिशत जितसहित क्वाटर फाइनलको यात्रा तय गरेको थियो ।

पहिलो खेलमा मंगोलियाविरुद्ध टी-२० आईमा रेकर्डैरेकर्ड बनाएको नेपाली टोलीले दोस्रो खेलमा पनि माल्दिभ्सलाई फराकिलो अन्तरमा पराजित गरेको थियो ।

क्वाटर फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्‍यो । तर, पराजित भएपछि अघिल्लो चरण जानबाट बञ्चित हुँदै नेपाल फर्किएको हो ।अनलाइनखबर

 

प्रतिक्रिया दिनुहोस्: