![](https://www.loktantrakhabar.com/wp-content/uploads/2023/10/nepal-vs-maldives-asian-games-cricket-1024x624-2.jpg)
हान्झाउ असोज १५ , एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ ।
आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । एक महिनाअघि एसिया कप क्रिकेट पहिलाे पटक भारतसँग ओडीआई खेलेकाे नेपालले एसियन गेम्समा भारतसँग पहिलाे पटक टी-२० आई खेल्ने भएकाे हाे ।
नेपाल र भारतको खेल मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे सुरु हुने छ ।
अरू क्वार्टरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।
भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश विश्वकप क्रिकेटको तयारीमा छन् । त्यसैले उनीहरुले एसियाली खेलकुदमा दोस्रो श्रेणीको टिमलाई पठाएका छन् ।
समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै नेपाल क्वार्टर फाइनलमा पुगेको हो । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: