Loktantra Khabar National Weekly
Ad

डिस होमको आधिकारीक डिलर लक्ष्मी इन्टरप्राइजेज द्वारा गोरखकाली प्रहरी चौकीलाई सचेतना बोर्ड हस्तान्तरण

लोकतन्त्र खबर
१४ आश्विन २०८०

लोकतन्त्र समाचारदाता—-
सर्लाही ,असोज १४

डिस होमको आधिकारीक डिलर लक्ष्मी इन्टरप्राइजेज एण्ड जेनरल सप्लायर्स मलंगवाले एक प्रहरी चौकीलाई सचेतनामुलक संदेश लेखिएको सचेतना बोर्ड हस्तान्तरण गरेको छ।

लक्ष्मी इन्टरप्राइजेजका संचालक सुभाष गुप्ताले आज(शनिवार) मलंगवा नगरपालिका वडा न-८ स्थित नेपाल-भारत सिमा नजिक रहेको गोरखकाली प्रहरी चौकीलाई  “कृपया रोक्नुहोस् अगाडि चेकिङ हुँदैछ”  भन्ने सन्देश लेखिएको २ थान सचेतना बोर्ड हस्तान्तरण गरेको हो ।

उक्त सचेतना बोर्डले चेकिङ्गमा खटिएका शुरक्षाकर्मीलाई थप सहज हुने विश्वास लिइएको गुप्ताले बताए ।

डिस होमले अरु भन्दा एकदमै सस्तो ६७० रुपैया प्रति महिनाको इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको गुप्ताले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्: