Loktantra Khabar National Weekly
Ad

लालबाबु महतोको संयोजकत्वमा ७ सदस्यीय मधेस प्रदेश ट्रेड युनियनको जिल्ला तदर्थ कार्यसमिति गठन

लोकतन्त्र खबर
४ आश्विन २०८०

लोकतन्त्र समाचारदाता—-
सर्लाही,असोज ४

लालबाबु महतो सुंढीको संयोजकत्वमा ७ सदस्यीय मधेस प्रदेश ट्रेड युनियनको जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ। प्रादेशिक अस्पताल मलंगवामा गत सोमबार बसेको बैठकबाट युनियनको जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको हो।

नव गठित तदर्थ समितिको सचिवमा राज कुमार राय र कोषाध्यक्षमा रामजी राय यादव रहेका छन् भने सदस्यहरुमा दिपेन्द्र कुमार ,सबिर मंसुर,शैलेन्द्र कुमार महतो र शिव नारायण साह रहेका छन् ।

प्रदेश निजामती सेवा ऐन २०७७ र प्रदेश निजामति सेवा नियमावली २०७९ मा व्यवस्था भए बमोजिम मधेस प्रदेशमा प्रदेश निजामती ट्रेड युनियनको स्थापनाको साथै नियमानुसार दर्ता गर्नको लागि उक्त तदर्थ समितिको गठन भएको धनन्जय कुमार सिंहले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: