लोकतन्त्र समाचारदाता—-
सर्लाही,असोज ३
सर्लाहीको सदरमुकाम मलंगवामा विविध कार्यक्रमहरु गरि संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै छ।
असोज २,३ र ४ गतेसम्म विभिन्न कार्यक्रमहरु गरि मनाउन लागिएको यस दिवसको पुर्व संध्यामा मंगलबार वडा न-१० स्थित सहिद चौक(जिविस चौक) देखि नगरपालिका चौकसम्म सरसफाई गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले आयोजना गरेको सरसफाई कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख , जनप्रतिनिधी, कर्मचारी, नागरिक समाज,विभिन्न गैरसरकारी संघसंस्थाका प्रतिनिधि,सुरक्षाकर्मी,पत्रकार,स्थानीयबासीहरु लगायतको सहभागिता रहेको थियो ।
सोही दिन साँझ सहिद चौक स्थित पार्कमा दिप समेत प्रज्वलन गरिएको थियो।
त्यस्तै दिवसकै अवसरमा आज(बुधबार)बिहान बाजागाजा सहित प्रभात फेरी र जिल्ला प्रशासन कार्यालयको परिसरमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले राष्ट्रिय झण्डा फहराएका छन् ।

