Loktantra Khabar National Weekly
Ad

विश्वको पहिलो मिथेनोल–सञ्चालित कन्टेनर जहाजको नाम ‘लौरा मार्स्क’

लोकतन्त्र खबर
२९ भाद्र २०८०

काठमाडों । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन दार लेयनले कोपेनहेगनमा विश्वको पहिलो मिथेनोल–सञ्चालित कन्टेनर जहाजको नाम ‘लौरा मार्स्क’ राखेकी छन् ।

उनले यात्रा गर्दा सहजता प्रदान गर्न र कार्य सफल बनाउन सञ्चालित कम्पनीलाई आग्रह गरिन् । चालक दलका सदस्यमा यसले खुसियाली ल्याउने विश्वास व्यक्त गर्दै उनले यात्रा गर्ने सबैका लागि सुरक्षित आश्रय हुने बताइन् ।

जहाज डेनमार्कको स्वामित्वमा रहेको सिपिङ कन्सोर्टियम एपी मोलर–मार्स्क को फ्लिटसँग सम्बन्धित छ । यो जहाजले ६५ प्रतिशत प्रदूषण उत्सर्जन कम गर्ने बताइएको छ ।

मार्स्कले थप २० मिथानोल–सञ्चालित जहाजको योजना घोषणा गरेको छ । यी जहाज सन् २०२६ देखि २०२७ सम्म निर्माण भइसकेर सञ्चालनमा आउनेछन् ।

उनले यस कार्यमा सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल        बाह्रखरी

प्रतिक्रिया दिनुहोस्: