Loktantra Khabar National Weekly
Ad

मण्डलामा नाटक ‘दमिनी भिर’

लोकतन्त्र खबर
२७ भाद्र २०८०

इँगिहोपो कोइँच सुनुवारले परिकल्पना र निर्देशन गरेको नाटक ‘दमिनी भिर’ मञ्चन भइरहेको छ।

काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक असोज १० गतेसम्म सोमबारबाहेक हरेक दिन बेलुका ५ बजे मञ्चन हुनेछ। शुक्रबार र शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो पनि हुनेछ।

यो नाटक राजन मुकारुङद्वारा लिखित उपन्यास ‘दमिनी भिर’ मा आधारित छ। यो उपन्यासले ०६९ सालमा मदन पुरस्कार पाएको थियो। थैली इन्टरटेनमेन्टको सहकार्यमा नाटक तयार भएको हो।

‘दमिनी भिर’ नाटकमा संक्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, जातीय पहिचानको मुद्दा, राजनीतिक आरोह-अवरोह, मनोविज्ञान र व्यवहारलाई नयाँ शैलीमा प्रस्तुत गरिएको छ।

नाटकमा भावना उप्रेती, आकाश नेपाली, सचिन रत्न, पुनम थापा, रियर राई, सुजता गुरुङ, सुजु सुनुवार किराँती, प्रतिना राई, मणि कुलुङ राई, सोनाम लामा, कवि राई, शायोक मुकारुङ, सीता राई, किरण चाम्लिङ राईलगायत कलाकारको अभिनय छ। सेतोपाटी

प्रतिक्रिया दिनुहोस्: