Loktantra Khabar National Weekly
Ad

बाढीका कारण दक्षिण चीनको ग्वाङ्डोङका ८० हजार मानिस विस्थापित

लोकतन्त्र खबर
२४ भाद्र २०८०

काठमाडौँ — शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिस विस्थापित भएका छन् ।

उनीहरूलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ । टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रमा रहेका धेरै सहर र काउन्टीहरूमा मुसलधारे वर्षा भइरहेको छ, जसका कारण बाढीपहिरो र सडक अवरुद्ध भएको छ । प्रान्तीय विपद् न्यूनीकरण आयोगले १५ वटा सहरलाई जोखिमयुक्त रहेको बताएको छ ।

सेन्जेन, झुहाई र जियाङ्मेन सहरहरू र फोसान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागमा विद्यालयसमेत बन्द गरिएको छ । त्यस्तै ४७ रेल सेवाहरु अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहरू, ६ वटा टोल बुथ र एउटा पुल अवरुद्ध भएको छ । कान्तिपुर

 

प्रतिक्रिया दिनुहोस्: