बखतियार अलि–
सर्लाही २२ भाद्र । निजामती सेवा दिवसको अवसरमा साता व्यापी कार्यक्रम अन्तरगत बिहिवार सदरमुकाम मलंगवाको वार्ड नं. २ स्थित कवड हल खेल मैदानमा जनप्रतिनिधी तथा निजामती कर्मचारी बिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । फुटबल प्रतियोगितामा जनप्रतिनिधीको तर्फबाट जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किसोर सिंहले नेतृत्व गरेका गरेका थिए । तेसै गरि कर्मचारीहरुको तर्फबाट खेलको नेतृत्व प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले गर्नू भएको थियो । जम्मा ३५ मिनेटको खेलमा पहिलो पारिमा २–२ गोलको बराबरीमा खेल सम्पन्न भएको थियो । दोस्रो पारीमा कर्मचारीहरुको खेलाडीहरुले राम्रो प्रदर्शन गर्दै ६ गोल गरेका थिए । दोस्रो पारीको अन्तिम मिनेट सम्म जनप्रतिनिधीहरुले राम्रो प्रदर्शन गर्दै गोल गर्न ठुलो कसरत गरेपनि गोल हुन सकेन । ८–२ को फराकिलो अन्तरले कर्मचारीहरुले मैत्रीपुर्ण फुटबल प्रतियोगितामा विजयी भयो । दुई पारी गरि ७० मिनेटको खेलमा जनप्रतिनिधी र कर्मचारीका दुबै टिमले राम्रो प्रदर्शन गरेको जिसस प्रमुख कौशल सिंहले प्रशंसा गर्दै दुबै टिमलाई बधाई दिनु भयो । जनप्रतिनिधीका तर्फबाट हरिपुर नगरपालिकाका मेयर गोपाल पजियार, ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहाले धेरै राम्रो प्रदर्शन गरेको थियो । निजामती कर्मचारीका तर्फबाट प्रजिअ ईन्द्रदेव यादव, सहायक प्रजिअ होमप्रसाद घिमिरे, नेपाल प्रहरीका उपरीक्षक नरेशराज सुवेदी डिएसपी कैलास राईले फुटबल प्रतियोगितामा राम्रो प्रदर्शन गर्नु भएको थियो । कर्मचारीका तर्फबाट फुटबल प्रतियोगितामा कर्मचारी मिलन केन्द्रका प्रमुख तथा नापी कार्यालय मलंगवाका प्रमुख संजय मानन्धरले राम्रो गोलकिपरको रुपमा प्रर्दशन गर्दै धेरै गोलहरु बचाएका थिए । मैत्रीपुर्ण फुटबल प्रतियोगिताको फुटबल प्रशिक्षक अर्जुन चौधरीले आफै रेफ्री बनेर खेल खेलाउनु भएका थिए भने सो खेलको कमेन्ट्री नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले गर्नु भएको थियो । कार्यक्रम संयोजक संजय मानन्धरले दिएको जानकारी अनुसार शुक्रवार आज बिहान प्रभातफेरी सकिएपछि रतmदान, वृक्षा रोपन गरि सेवानिवृत कर्मचारीहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको मानन्धरले जनाउनु भयो । व्यावसायिक र सिर्जनशिल प्रशासन, बिकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ यो वर्ष निजामती कर्मचारी दिवस साता व्यापी बिभिन्न कार्यक्रम गरि मनाउदै छन ।

