लोकतन्त्र समाचारदाता–
सर्लाही १७ भदौं । बिधुत बितरण केन्द्र मलंगवा शाखाले अघोषित लोड सेडिंग गरेको भन्दै स्थानीय युवा नेता सोहन कुमार झा को नेतृत्वमा दर्जनौ युवाहरुले बिधुत बितरण केन्द्र मलंगवाको गेट अगाडी बिरोध प्रदर्शन गरेको छ ।
छिन–छिनमा बति जाने साथै बिना जानकारी अघोषित लोड सेडिंगका कारण स्थानीय उपभोतmाहरु समस्या भोग्न बाध्य भएपछि आफुहरु बिधुत बितरण केन्द्र मलंगवाको लापरवाही बिरुद्ध बिरोध प्रदर्शन गरेको झा ले लोकतन्त्रलाई बताए ।
बिधुत बितरण केन्द्र मलंगवा शाखाले अघोषित लोडसेडिंग अन्त्य गरेन भने स्थानीय युवाहरु ठुलो आन्दोलन गर्न बाध्य हुने झा को भनाई छ ।। गएको केहि दिन देखि सर्लाही जिल्लामा अघोषित लोडसेडिंगका कारण यहाका जनता समस्या भोगि रहेको छ ।
भदौ महिनाको ठुलो गर्मीमा छिन छिनमा बति जादा र घण्टो बती नआउदा सर्लाहीवासी बिधुत बितरण केन्द्र मलंगवा प्रति आक्रोशित बन्दै गएको छ । अघोषित लोडसेडिंग अन्त्य गर्न यहाका जनता जोडदार माग गरेको छ ।

