लोकतन्त्र समाचारदाता—
सर्लाही,भाद्र ११
सर्लाहीको गोडैता नगरपालिका स्थित भगवतीपुर बजारमा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार उक्त शव विष्णु गाउँपालिका वडा न–५ बस्ने ४५ वर्षीय फेकन पण्डितको रहेको छ।
आइतवार साँझ स्थानीयहरुले पंडितको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।
घटना स्थलमा पुगेका प्रहरी टोली शवको मुचुल्का गरि सोही दिन पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएका छन् ।
प्रतिक्रिया दिनुहोस्:

