Loktantra Khabar National Weekly
Ad

बलराको छन्की टोलबाट गाँजासहित एउटा भारतीय मोटरसाइकल बरामद

लोकतन्त्र खबर
७ भाद्र २०८०

लोकतन्त्र समाचारदाता—
सर्लाही,भाद्र ७
सशस्त्र प्रहरीले बिहीबार बिहान सर्लाहीको नेपाल-भारत सिमावर्ती बलरा नगरपालिका वडा न-१,छन्की टोलबाट लागुऔषध गाँजा सहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट छतौनाबाट खटिएको टोलीले छन्की टोलमा चेक जाँच गर्ने क्रममा बिआर ०६ बिए ०५३२ नम्बरको मोटरसाइकल सहित गाँजा नियन्त्रणमा लिएको हो।नेपालबाट भारततर्फ जाँदै गरेको उक्त मोटरसाइकलका चालक भने सशस्त्र प्रहरीको टोलीलाई देख्ने बितिक्कै मोटरसाइकल छाडेर भागेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।
सिटकभर भित्र लुकाएर राखिएको अवस्थामा फेला परेको ३.३ किलो गाँजा मोटरसाइकल सहित नियन्त्रणमा लिइ आवश्यक कार्यवाहीको लागि इलाका प्रहरी कार्यालय गडहियामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: