Loktantra Khabar National Weekly
Ad

सर्लाही प्रहरी द्वारा ८ बिघामा लगाइएको गाँजा खेती नष्ट

लोकतन्त्र खबर
१९ पुष २०७९


मनोज यादव—
सर्लाही,पुस १८
सर्लाही जिल्लाको प्रहरी प्रमुखको रुपमा हाजिर भएसँगै एसपी नरेशराज सुवेदी ‘एक्सन’मा आएका छन् ।उनले  जिल्लाको लालबन्दी नगरपालिका वडा न-१४ स्थित विभिन्न स्थानमा अवैध रुपमा लगाइएका गाँजाको बिरुवाहरु फडानी गरि नष्ट गरेका छन्।
एसपी सुवेदीले आइतवार लालबन्दी न.पा को वडा न-१४ को विभिन्न ठाउँमा अवैध लागुऔषध गाँजाको बिरुवाहरु लगाएको छ भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट समेत गरि ६० जना प्रहरी टोली पठाइ अन्दाजी ८ बिघा जग्गामा लगाइएका अवैध लागुऔषध गाँजाको बिरुवा फडानी गर्न लगाएको जिप्रका सर्लाहीका सूचना अधिकृत बिजय यादवले जनाएको छ।
नयाँ एसपी सुवेदी गत शुक्रवार जिल्लामा हाजिर भएका हुन ।

प्रतिक्रिया दिनुहोस्: