Loktantra Khabar National Weekly
Ad

निर्वाचित प्रदेश सांसद कौशल किशोर रायलाई पब्लिक मावि द्वारा सम्मान

लोकतन्त्र खबर
६ पुष २०७९


मनोज यादव—
सर्लाही,पुस ६
मलंगवा नगरपालिका वडा न-२ स्थित श्री पब्लिक माद्यामिक विद्यालयले सर्लाही जिल्लाको निर्वाचन क्षेत्र न-२(ख) बाट प्रदेश न-२ को सांसद पदमा नवनिर्वाचित सांसद कौशल किशोर रायलाई सम्मान गरेको छ ।
सो विद्यालयले बुधबार बिहान आफ्नै प्रांगणमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरि मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निर्वाचित हुनुभएका नवनिर्वाचित प्रदेश सांसद रायलाई  सम्मान गरेको हो ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै रायले आफु यसै विद्यालयमा शिक्षक भएर १४ वर्षसम्म काम गरेको र आज यसै विद्यालयले आफुलाई प्रदेश सभा सदस्यको रूपमा सम्मान गरको बताउँदै प्रधानाध्यापक, सम्पूर्ण शिक्षक एवं विधालय व्यवस्थापन समितिलाई धन्यवाद दिए। सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले देशको मेरुदण्ड शिक्षा भएकाले आफू शिक्षाको विकासमा योगदान गर्ने बताउनुभयो ।यसका लागि आफूले आफ्नो क्षेत्रबाट पहिलो प्राथमिकतामा शिक्षालाई राख्ने बताउनुभयो ।
कार्यक्रममा प्रअ सुवास कुमार  यादव,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरजु कुमार यादव,शिक्षा इकाई प्रमुख सुनिल कुमार कुशवाहा,कार्यक्रम संयोजक राजकिशोर महतो,वि.व्य.समितिका सदस्यहरु,शिक्षक,शिक्षिका र विद्यार्थीहरु लगायतको उपस्थिति रहेको शिक्षक राम विश्वास साहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्: