Loktantra Khabar National Weekly
Ad

दलितको शैक्षिक सवालमा सरोकारवालाहरु बिच अन्तरक्रिया

लोकतन्त्र खबर
५ पुष २०७९


लोकतन्त्र समाचारदाता—-
सर्लाही,पुस ५
दलितको शैक्षिक सवालमा सरोकारवालाहरु सँग नीतिगत पैरवी र पहुँच सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहको प्रमुख प्रमुख आतिथ्यता र उपप्रमुख जितेन्द्र कुशवाहाको विशिष्ठ आतिथ्यता उक्त कार्यक्रमको आयोजना गरिएको हो।
बुधबार सम्पन्न भएको उक्त कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोगमा ने.रा.द.स.क संघले संयुक्त साझेदारीमा संचालन गरेको नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित विद्यार्थीहरुलाई प्रदान गरिंदै आएको छात्रवृत्ति ,बीचमै पढाइ छाड्ने प्रवृत्ति ,विद्यालयमा दिइने दिवा खाजा र विद्यालयमा दलित विद्यार्थीहरु माथि हुने विभेद लगायतका विषयहरुमा सरोकारवालाहरु सँग अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा उपस्थित भएका दलित मुक्ति समाजका केन्द्रीय सदस्य  गोविन्द पासवान,श्रीमती कृष्णादेवी जनता मावि मलंगवाका शिक्षक गोविन्द कुमार कर्ण,मलंगवा नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद मंडल,प्रेरणाका मंगल साह,ओरेकका ममता साह,दिव्य आशा साह,महिला नेतृ यशोदा तिमिल्सिना,आर.आर.पि.के का रंजित चौधरी लगायतले दलित विद्यार्थीहरुको विषयमा उठेका सवालमा आआफ्नो सल्लाह सुझाव दिएका थिए।
कार्यक्रमको संचालन संघका जिल्ला कार्यक्रम अधिकृत गोविन्द पासवानले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्: