Loktantra Khabar National Weekly
Ad

श्रम शोषणसँग स्थागमन तथा मानव बेचविखन मुद्दाहरु सम्वोधनका लागि मलंगवामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
४ पुष २०७९

लोकतन्त्र समाचारदाता—-
सर्लाही,पुस ४
सर्लाहीको सदरमुकाम मलंगवामा  संरक्षण नेपाल बाराको आयोजनामा श्रम शोषणसँग स्थागमन तथा मानव बेचविखन मुद्दाहरु सम्वोधनका लागि बाल श्रम र लैङ्गिक हिंसा अन्त्य सम्वन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
मलंगवा नगरपालिकाको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा यस नगरपालिकामा रहेका मानव बेचबिखन सँग सम्बन्धित बालश्रम ,असुरक्षित स्थानागमन तथा लैंगिक हिंसाको अवस्था र त्यस्ता समस्याहरुको सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख नागेन्द्र प्रसाद यादवले मलंगवा बजार मात्र नभइ यस पालिका क्षेत्रका सबै बजारबाट बाल श्रम र श्रम शोषण अन्त्य गर्न प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।उहाँले यस बालबालिकाको क्षेत्रमा कामगर्ने  सरोकारवाला तथा संघसंस्थाहरु सँग  समन्वय गरेर मलंगवा बजारको अनुगमन गरि होटेल तथा अन्य व्यवसायमा बालश्रम गरिरहेका बालबालिकाहरुलाई उचित व्यवस्थापन गर्ने बताउनुभयो ।
बाल श्रम तथा शोषण बिरुद्दमा संरक्षण नेपालले बाल हेल्पलाइन नम्बर १०९८ मार्फत कार्य गरि रहेको संस्थाका महासचिव पारस प्रसाद जयसवालले बताउनुभयो ।
कार्यक्रममा उपस्थित नेपाल भारत सिमा क्षेत्रमा रहेको गोरखकाली प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरिक्षक श्याम सिंहले आफुहरु  सिमानाका भएर श्रमको लागि भारत जानेहरुसंग सोधपुछ गर्ने गरेको उहाँले सुनाउनुभयो ।सोधपुछको क्रममा शंका लागेको अवस्थामा बालबालिकालाई ललाई फकाई बेचबिखन तथा श्रमको लागि लैजादै गरेका ब्यक्तिलाई नियन्त्रणमा लिएर पिडितलाई सम्बन्धि ब्यक्ति अथवा सरोकारवाला निकायको जिम्मा लगाउँदै आएको सिंहले बताए ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी भएका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम तथा  मलंगवा नपा वडा न-८ का वडाअध्यक्ष मुकेश जयसवाल,ग्रामीण स्वयंसेवक केन्द्र संग्रामपुरका सामाजिक परिचालक गुलाम गौस,नेपाल बाल संगठनका बजरंग प्रसाद साह,माइती नेपालका अमीत यादव,मलंगवा नपा शिक्षा शाखाका प्रमुख प्रमोद मंडल,कार्यक्रम अधिकृत राजकुमार अधिकारी,नगिना राय,राम पुकार यादव, संचारकर्मी बख्तियार अली,मनोज यादव तथा विभिन्न संघसंस्थामा आबद्ध अधिकारकर्मीहरु लगायताले श्रम शोषणसँग स्थागमन तथा मानव बेचविखन मुद्दाहरु सम्वोधनका लागि बाल श्रम र लैङ्गिक हिंसा अन्त्य सम्वन्धी सुझावहरु दिएका थिए ।
युनिसेफको सहयोग तथा एटविनको सहआयोजनामा संचालित बालश्रम शोषण रोकथामः स्थानगमन तथा मानव बेचबिखन बिरुद्ध क्षमता तथा निगरानी सुदृढीकरण परियोजना अन्तर्गत संचालित कार्यक्रमको अध्यक्षता संरक्षण नेपालका महासचिव जयसवालले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य सामाजिक परिचालक परंभस प्रसाद साहले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: