Loktantra Khabar National Weekly
Ad

रोयल कप क्रिकेट टुर्नामेन्ट २०७९ संचालनको लागि कार्यालय स्थापना

लोकतन्त्र खबर
४ पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस ४
सर्लाहीको सदरमुकाम मलंगवामा आयोजना हुन गइरहेको जिल्ला स्तरीय रोयल कप क्रिकेट टुर्नामेन्ट २०७९ संचालनको लागि कार्यालय स्थापना गरिएको छ।
मलंगवा नगरपालिका वडा न-३ स्थित आवासीय ब्राइट फ्युचर विद्यालयको प्रांगणमा स्थापना गरिएको उक्त कार्यालयको उद्घाटन प्रमुख अतिथि वडा न-३ का वडाअध्यक्ष प्रमोद यादवले गरेका थिए।
सो कार्यालयबाट टिम दर्ता देखि प्रतियोगिता संचालनको सबै कामको साथै नयाँ सदस्यता विस्तार लगायतका कामहरु गरिने रोयल कप का अध्यक्ष अजित कुमार साहले जानकारी दिएको छ।प्रतियोगितामा सहभागी हुन चाहने सर्लाही जिल्लाभरीका टिमहरुले पुस २५ गतेसम्म यसै कार्यालयमा आएर टिम दर्ता गर्न सक्ने साहले बताएको छ।
वडा न-३ का वडाअध्यक्ष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन  कार्यक्रममा विशिष्ट अतिथि प्रोटेक्सन नेपालका संयोजक परमहंश प्रसाद साह,वडा न-९ का वडाअध्यक्ष चन्देश्वर राय,युवा नेता नविराज खान,जिल्ला बाल संगठन सर्लाहीका अध्यक्ष शमिमबाबु खान तथा ज्वाइन आवर हैण्ड्सका अध्यक्ष राजेश पंडित,वि केयर वि क्यानका अध्यक्ष लक्ष्मण यादव लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
क्रिकेट प्रतियोगिताको उद्घाटन पुस ३० गते मलंगवा न.पा वडा न-१० स्थित ३ बिघे मैदानमा हुने रोयल कपले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: