Loktantra Khabar National Weekly
Ad

५ महिनाको अवधीमा सवारी दुर्घटनामा परेर सर्लाहीमा२९ जनाको ज्यान गयो

लोकतन्त्र खबर
३ पुष २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,पुस ३
चालु आर्थिक वर्ष २०७९/८० को पछिल्लो ५ महिनाको अवधीमा  सर्लाही जिल्लामा भएका सवारी दुर्घटनामा परि २९ जना ब्यक्तिहरुको ज्यान गएको छ ।
सो अवधीमा ठुलो सानो गरि ३९७ वटा सवारी दुर्घटनाहरु भएका छन् जसमध्ये   सबैभन्दा धेरै गएको मंसिर महिनामा १० जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ज्यान गुमाएका २९ जनामध्ये ४ जना बालबालिकाहरु समेत रहेका छन् ।
जिल्लाको भित्री सडक तथा पुर्व पश्चिम लोकमार्गमा भएका दुर्घटनामा ५२६ जना सामान्य र १२५ जना गम्भिर घाईते भएको जि.ट्रा.प्र.काले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्: