Loktantra Khabar National Weekly
Ad

ओरेक द्वारा पर्यावरण संरक्षण निति तथा लैंगिक निति निर्माणमा स्थानीय जनप्रतिनिधिहरुको भूमिकाको विषयमा अभिमुखिकरण

लोकतन्त्र खबर
२९ मंसिर २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर २९
आयोजना तथा ओरेक नेपाल ,
पर्यावरण संरक्षण निति तथा लैंगिक निति निर्माणमा स्थानीय जनप्रतिनिधिहरुको भूमिका सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम मलंगवामा सम्पन्न भएको छ।
ओरेक नेपालको आयोजना तथा कायापलट, सेभ द चिल्ड्रेन र डब्लु डब्लु एफ को समन्वयमा बिहिवार  आयोजित एकदिने अभिमुखिकरणमा महिला जनप्रतिनिधी,विभिन्न सामाजिक संघसंस्थाका प्रतिनि,किशोरी समूह ,महिला कृषक समूहहरु लगायत  जनाको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरिएको हो।
कार्यक्रममा ओरेक नेपालका विकास बन्जाराले महिला माथि हुने विभिन्न प्रकृतिका हिंसा,त्यसबाट समाजमा पारेको प्रभाव, न्युनिकरणको उपायलयातको विषयवस्तुमा केन्द्रित रहेर प्रस्तुतीकरण गर्नुभएको थियो। यसैगरी कायापलटका संस्थापक अध्यक्ष दिवाकर उप्रेतीले जलवायु परिवर्तनका कारण महिलाहरुमा पर्ने असरको बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा सहभागी मानवअधिकार रक्षक संजाल सर्लाहीका अध्यक्ष मुकेश मिश्रले सामाजिक रुपमा महिलाहरुले नै महिलाहरु माथि शोषण गर्दै आएको र केही दलाल प्रवृत्तिका महिलाहरुले महिला तथा बालबालिकाहरुलाई किनबेच गर्दै शारिरिक, मानसिक र आर्थिक रुपमा शोषण गर्दै आएकाले गर्दा भोलीका कर्णधार महिला तथा बालबालिकाहरु सचेत हुनुपर्ने बताउँदै महिलाहरु विभिन्न बाहनामा शारिरिकदेखि मानसिक रुपमा शोषण हुदै आएकाले  यसबाट बच्न सवैलाई आग्रह गर्नुभयो।
मलंगवा नगरपालिका वडा न-३ स्थित महेन्द्र होटलमा आयोजना भएको कार्यक्रममा ओसिएमसी का दिवानी घिमिरे,ओरेकका देव कुमारी महरा,इन्सेक सर्लाहीका प्रतिनिधि बुधन साह,मानवअधिकार रक्षक संजालका लक्ष्मी सुनार,राष्ट्रिय दलित समाज कल्याण संघका गोविन्द पासवान,महिला वडा सदस्यहरु,किशोरी समूह ,महिला कृषि समूह ,विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: