सर्लाहीको हरिपुर नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदान गहुँको बीउ वितरण गर्न थालेको छ। नगरपालिकाले धेरै फल्ने विज
गरिएको हो। परम्परागत जातको बीउ भन्दा उन्नत जातको बीउ धेरै फल्ने भएकाले पुरानो बीउलाई विस्थापित गर्दै उन्नत जातको गहुँ खेती गर्न थालेको हरिपुर (७ का किसान सुरेन्द्र चौधरीको भनाइ छ। उन्नत जातको बीउ नगरपालिकाले अनुदानमा वितरण गर्न थालेपछि कृषकहरु गहुँ खेती गर्न उत्साहित भएका हुन । नगरपालिकाले १९ लाख ३ हजार रुपैयाँको गहुँको बीउ खरिद गरेको हो। त्यसैगरी नगरले ७० प्रतिशत अनुदान दुईसय जना किसानलाई च्याउको बीउ वितरण गरेको छ। किसानको माग अनुसार बीउ वितरण गरेको कृषि शाखाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्:

