Loktantra Khabar National Weekly
Ad

युवा नेता साह निरन्तर घरदैलोमा, जनसमर्थन दिनप्रतिदिन बढ्दै

लोकतन्त्र खबर
१९ कार्तिक २०७९

सर्लाही १९ कार्तिक । विपक्षी गठबन्धन नेकपा एमालेका युवा तथा चर्चित नेता राजनारायण साहको लोकप्रियता बढ्दै गएको छ । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ बाट स्वच्छ छविका इमान्दार प्रतिनिधीसभा सभा सदस्यका उम्मेदवार साह मतदाताको माझमा लोकप्रिय बन्दै गएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिएसँगै साहले चुनावी अभियानलाई पनि तिव्रता दिएका छन् । जनतासँगको भेटघाट र घरदैलो अभियानलाई निरन्तरता दिँदै साहले आफुलाई मत दिएर निर्वाचित गराउन आग्रह गरी रहेका छन् । सोही क्रममा साह मलंगवा नगरपालिका वडा नम्बर ५ र ६ का विभिन्न टोलहरुका मतदाताहरुसँग भेटघाट तथा छलफल गरेका छन् । युवा नेता साहले मलंगवाका वडाहरुमा जनतासँग भेटघाट गर्दै अब परिवर्तनका लागि मतदान गर्ने बेला आएको बताए । अब पनि जनताले सही र सक्षम व्यक्तिलाई मतदान नगरेमा पछुताउनुपर्ने बताउँदै उनले सोचविचार गरेर मतदान गर्न सुझाव दिएका छन् । त्याहाँका वडाबासीले पनि यसपाली साहलाई अवसर दिने विश्वास दिलाएका छन् । शिक्षित एवम् सक्षम् उम्मेदवार साह भएको हुँदा उनको विकल्प कोही नभएको त्याहाँका मतदाताको प्रतिक्रिया छ । नेकपा एमालेका चर्चित अनुहार राजनारायण साह यसपाली ठुलो मतले विजयी हुने सर्लाही क्षेत्र नं. २ का आम जनताले बताउन थालेको छ । जनताहरु उत्साहित साहलाई मतदान गर्न उत्साहित देखिएको छ । निरन्तर जनताकै माझमा रहेर काम गरेको भन्दै यसपटक उनको जित सुनिश्चित रहेको उनीहरुले बताएका छन् । विपक्षी गठबन्धन नेकपा एमालेका युवा तथा चर्चित नेता राजनारायण साहलाइ घरदैलोमा स्वस्र्फुत रुपमा जनताहरुले समर्थन जनाइरहेका छन । यस क्षेत्रबाट साह नै विजयी हुने जनलहर र मतदाताको उत्साह देखेर आभाष हुन थालेको स्थानीयहरु बताउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्: