Loktantra Khabar National Weekly
Ad

सर्लाहीभरीका राष्ट्रसेवक कर्मचारीहरुलाई निजामती सेवा दिवस मनाउन निर्देशन जिल्ला प्रशासनको निर्देशन

लोकतन्त्र खबर
२० भाद्र २०७९

लोकतन्त्र समाचारदाता—
सर्लाही,भाद्र २०
जिल्ला प्रशासन  कार्यालय सर्लाहीले  निजामती सेवा दिवस २०७९ मनाउन निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा सुरक्षा निकायका प्रमुख सहित आधिकारिक ट्रेड युनियन, कर्मचारी मिलन केन्द्र लगायत सरोकारवाला कर्मचारी संघसंगठनको बसेको बैठकबाट बुधबार २२ गतेका दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरि उक्त  दिवस मनाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
बैठकमा जिल्लाभरीका सबै राष्ट्रसेवक कर्मचारीहरुलाई निजमाती सेवा दिवसका दिन विहान ७:०० बजे प्रभातफेरीमा सहभागी भै मूल कार्यक्रममा उपस्थित हुन समेत निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्: