Loktantra Khabar National Weekly
Ad

उत्तरपूर्वी नाइजेरियामा डुङ्गा डुब्दा २५ जनाको मृत्यु, १४ जना बेपत्ता

लोकतन्त्र खबर
२१ पुष २०८२

उत्तरपूर्वी नाइजेरियाको योबे राज्यमा डुङ्गा डुब्दाँ कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १४ जना अझै बेपत्ता रहेको नाइजेरियाका अधिकारीहरूले जनाएका छन् ।

योबे राज्य आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार घटना जिगावा राज्यको गाउँबाट योबे राज्यतर्फ जाँदै गरेको डुङ्गा पानीमा पल्टिएपछि भएको थियो भने डुङ्गामा ५२ जना यात्रु थिए ।

अधिकारीहरूका अनुसार १३ जना यात्रुहरूलाई जीवित उद्धार गरिएको छ र २५ जनाको शव बरामद गरिएको छ, भने १४ जना बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी छ ।

जिगावा राज्य प्रहरीले डुङ्गामा पानी चुहावटका कारण डुङ्गा पल्टिएको भन्दै घटना भएको पुष्टि गरेको छ ।

नाइजेरियामा यस अघि गत सेप्टेम्बरमा मध्य नाइजेरियाको नाइजर राज्यमा रूखमा ठोक्किएर ओभरलोड भएको डुङ्गा पानीमा डुब्दा कम्तीमा ६० जनाको मृत्यु भएको थियो । सौजन्य अनलाइनखबर

प्रतिक्रिया दिनुहोस्: