Loktantra Khabar National Weekly
Ad

मलाई बदनाम गराउने षडयन्त्र भयो भ्रामक समाचारको पछाडी नपर्न सिंहको अनुरोध

लोकतन्त्र खबर
२५ कार्तिक २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही २४ कार्तिक । केहि व्यतिmहरुले आफु विरुद्ध षडयन्त्र गरिरहेको पुर्व मन्त्री बिरेन्द्र सिंहले बताएको छ । मधेश प्रदेशमा हाल भइरहेको राजनीतिक तनाव र आन्दोलनका बीच सामाजिक सञ्जालमा मेरो बारेमा भ्रामक समाचार सम्प्रेसन गरि मेरो चरित्र हत्या गर्न खोजिएको नेता सिंहले जनाएको छ । वर्तमान अवस्थालाई मध्ये नजर गर्दै नेपाली काग्रेस मधेश प्रदेशका उपसभापती पूर्व मन्त्री मानवीय बिरेन्द्र प्रसाद सिंहले जनतालाई संयमित रहन समेत आग्रह गरेका हुन् ।

 

सिंहले थप्दै भने मधेश प्रदेश प्रमुख सुमित्रा देवी भण्डारीद्वारा गैर संवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त गरेपछि सात राजनीतिक दलहरूले विरोध प्रदर्शन गरेका थिए । सो क्रममा कार्यालयभित्र उतेजित आन्दोलनकारीहरुले कार्यालयमा तोडफोड गर्न थालेपछि टेबलको छेउमा रहेको नेपालको राष्ट्रिय झण्डालाई सुरक्षित राख्न खोजेका थिए ।

 

सोही बेलाका भिडियो बनाएर सामाजिक संजालमा भाईरल गरेर मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ । केही व्यक्तिहरूले ‘झण्डा फालिएको’ भनेर सामाजिक सञ्जालमा गलत रूपमा प्रचारप्रसार गरेको कुरालाई नेता सिंहले घोर निन्दा गर्दै आपत्ति जनाएका हुन ।

 

पूर्व मन्त्री सिंहले भने, “नेपाल राष्ट्र र राष्ट्रिय झण्डाप्रति मेरो उच्च सम्मान सदैव रहि आएको छ । भ्रामक समाचार र गलत प्रचारबाट जनमानसमा भ्रम सिर्जना गर्ने काम भएको छ ।

 

यस प्रति नेता सिंहले खेद र दुख प्रकट गरेको छ । सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूसँग यथार्थ तथ्यमा आधारित सूचना मात्र प्रसारण गर्न वहाले अनुरोध गर्नु भएको हो ।

 

भ्रामक समाचारको पछाडि नपरी सत्यतथ्य बुझनलाई वहाले सरोकारवाला निकाय संग आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: