वीरगञ्ज । बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी वायुका कारण नेपालका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा अबको केही घण्टा थप प्रभावित हुने सम्भावना रहेको छ ।
पछिल्लो तीन घण्टाको तथ्यांकअनुसार पर्साको वीरगञ्जमा ३४ मिलिमिटर, रौतहटको गौरमा ३०.४ मिलिमिटर, महेशपुरमा ३१.४ मिलिमिटर, सर्लाहीको मनुस्मारामा २४.८ मिलिमिटर, कलैयामा ३१.८ मिलिमिटर, निजगढमा ३१.२ मिलिमिटर र पर्साको रङ्गपुरमा २६.६ मिलिमिटर वर्षा मापन गरिएको छ । काठमाडौँ उपत्यकामा पनि वर्षा बाक्लिँदै गएको विभागले जनाएको छ ।
भागले शनिवार बिहान १० बजे जारी गरेको बुलेटिनमा कोशी, मधेस र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको उल्लेख छ । वर्तमान मौसमी प्रणाली पूर्व–उत्तरपूर्व दिशातर्फ सरिरहेको कारण उक्त क्षेत्रमा थप वर्षा र बाढीको जोखिम बढ्ने सम्भावना छ ।
विभागको चेतावनीअनुसार, अबको केही घण्टा कोशी, मधेस र बागमती प्रदेशहरू बढी प्रभावित हुने देखिन्छ । बाढी पूर्वानुमान महाशाखाले २० जिल्लामा बाढीको अति उच्च जोखिम रहेको जनाएको छ । सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन जोखिमयुक्त जिल्ला रहेका छन् । त्यस्तै, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुमा पनि बाढीको उच्च जोखिम रहेको छ ।
कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके र बर्दिया जिल्लाहरूमा बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको र ती नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको महाशाखाले बताएको छ ।
वर्तमान मौसमी प्रणालीका कारण नदीहरूमा जलस्तर बढ्ने, बाढी र पहिरोको जोखिम उच्च रहने भएकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न, मेघगर्जन र चट्याङबाट जोगिन रुखमुनि वा खुला स्थानमा नबस्न, सडक यात्रामा सावधानी अपनाउन र सम्भावित पहिरोको जोखिमलाई ध्यान दिन सुझाव दिइएको छ ।
साथै, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी आपत्कालीन अवस्थाको तयारी गर्न विभागले अनुरोध गरेको छ । नेपालमा मनसुनी वर्षाले बाढी र पहिरोको जोखिम बढाएको छ । विशेषगरी कोशी, मधेस र बागमती प्रदेशका जिल्लाहरूमा उच्च सतर्कता अपनाउन जरुरी छ ।
जल तथा मौसम विज्ञान विभागले नियमित रूपमा मौसम र बाढीसम्बन्धी जानकारी अद्यावधिक गरिरहेको छ । नागरिकहरूलाई स्थानीय प्रशासनको निर्देशन पालना गर्न र सुरक्षित रहन आग्रह गरिएको छ । थप जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न सकिन्छ । सौजन्य यात्रा डेली