Loktantra Khabar National Weekly
Ad

दशैंमा सार्वजनिक स्थलमा अवैध क्रियाकलापबारे स्थानीयको गुनासो

लोकतन्त्र खबर
१२ आश्विन २०८२

वीरगञ्ज । दशैंका अवसरमा बजार र सार्वजनिक स्थानहरूमा चहलपहल बढेसँगै वीरगञ्ज बसपार्क, बाइपास सडक र घण्टाघर आसपासका क्षेत्रमा रातिको समयमा अवैध क्रियाकलाप र शंकास्पद गतिविधि बढेको स्थानीयवासीले गुनासो गरेका छन्।

स्थानीयहरूले केही व्यक्तिहरूले सार्वजनिक स्थानमा यौनजन्य क्रियाकलाप गर्ने गरेको आरोप लगाउँदै यसले क्षेत्रको सुरक्षामा असर पारेको बताएका छन्। उनीहरूले राति यात्रु र सर्वसाधारणलाई डर र असुरक्षाको अनुभूति हुने गरेको बताएका छन्।

पर्सा प्रहरीले यसबारे गुनासो आएका घटनामा छानबिन भइरहेको र दशैंका बेला सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। प्रहरीका एक अधिकारीले भने, “सार्वजनिक स्थलमा हुने कुनै पनि अवैध गतिविधि सह्य छैन, गुनासो र उजुरीका आधारमा कारबाही गरिन्छ।” सौजन्य यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: